पुस १० – एक आपसमा खुशी हर्ष तथा शुभकामना आदानप्रदान गरेर आज क्रिसमस मनाइँदै छ ।

आज डिसेम्बर २५ अर्थात क्रिमसममा एक आपसमा शुभकामना साटासाट गरेर नेपालसहित विश्वभरका इसाइ धर्मावलम्वीहरुले यो पर्व मनाइरहेका हुन् ।

आज देशैभरिका ८ हजारभन्दा बढी चर्चमा यशुको भजन तथा गीत गाएर रमाइलो गर्ने, प्रार्थना गर्ने तथा भोज कार्यक्रमको पनि आयोजना गरिएको छ । क्रिसमसको अवसरमा शुभकामना कार्डहरु आदानप्रदान गर्नुका साथै क्रिसमस ट्रिलाई रङ्गीचङ्गी बत्ती तथा खेलौनाले झकिझकाउ पनि पार्ने गरिन्छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएसँगै यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ ।

यसै अवसरमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्त झा, प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित प्रमुख तीन दलका प्रमुखहरुले पनि क्रिसमसका अवसरमा शुभकामना दिनुभएको छ । सरकारले आज सार्वजनिक विवाद पनि दिएको छ ।

यसैबीच दिवसको अवसर पारेर आज काठमाण्डूको नेपाल प्रज्ञा प्रतिष्ठानमा शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ । दिउँसो ३ बजेका लागि तय भएको कार्यक्रममा प्रधानमन्त्री डा बाबुरामा भट्टराई, प्रमुख दलका शीर्ष नेताहरु संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्रसहितका अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।