• अवैध रुपमा पेट्रोल सञ्चालन पाइएपछि एउटामा सिलबन्दी

नेपालगञ्ज २२ भदौ

अनुगमनका क्रममा राज्यमन्त्री

आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले सिलिण्डर टेष्ट गर्दा लिकेज रहेको भेटिएको छ । नेपालगञ्जको भेरी ग्यासको डिपोमा पाँच थान सिलिण्डरको लिकेज टेष्ट गर्दा तीन ओटामा लिकेज पाईएको हो भने मनकामना ग्यासमा  १३ ओटा सिलिण्डर ग्यासको लिकेज जाँच गर्दा १० ओटा लिकेज पाइएको हो ।
उनले बुधबार दिनभर बाँकेको नेपालगञ्जमा रहेको मनकामना ग्यास र भेरी ग्यासमा छड्के अनुगमन गरे । राज्य मन्त्री विकको नेतृत्वमा रहेको बाणिज्य कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन र नेपाल आयलय निगमको प्रतिनिधिहरुले भेरी ग्यास र मनकामना ग्यासको डिपोसम्म पुगी अनुगमन गरेको थियाे । 
मन्त्री विकको नेतृत्वको अनुगमन टोलीले भेरी ग्यासको डिपोमा रहेको हाइड्रोजन टेष्ट मेसिन हालसम्म सञ्चालन नगरेको, पाँच थान सिलिण्डरको लिकेज टेष्ट गर्दा तीन ओटामा लिकेज पाईएको र फायर फाइटिङको अवस्था अव्यवस्थित रहेको कारण पाँचदिन भित्र चुस्त दुरुस्त राख्न निर्देशन दिए ।
नेपालगञ्जमा कालोबजारी हुने र लापारबाही ढंगबाट बजार सञ्चालन गरिने जनगुनासो आएको कारण अनुगमन कार्यलाई अगाडी बढाईएको राज्यमन्त्री विकले जानकारी दिए । उक्त भेरी ग्यासको सञ्चालकले नापतौल, बाणिज्य र नेपाल आयल निगमको मापदण्ड अनुसार सबै कामहरु पुरा गरी काम चुस्त र दुरुस्त बनाई पाँच दिन भित्रमा आपूर्ति मन्त्रालयमा सम्पूर्ण कागजात पुरा गरी उपस्थित हुन समेत मन्त्रीले निर्देशन दिएका छन् ।
 यस्तै राज्य मन्त्री विक नेतृत्वको टोलीले नेपालगञ्जमै रहेको मनकामना ग्यासमा पनि छड्के अनुगमन गरेको छ । ग्यासको डिपो अनुगमन गर्दा १३ ओटा सिलिण्डर ग्यासको लिकेज जाँच गर्दा १० ओटा लिकेज भएको, एक वर्षदेखि आइड्रोस्टारिक टेष्ट मेसिन जडान गरेता पनि हालसम्म सञ्चालन गरेको लगायत अति सम्वेदनशिल कमजोरीहरु भएको पाईएको राज्य मन्त्री विकले जानकारी दिए । मापदण्ड पुरा गरी पाँचदिन भित्रमा आपूर्ति मन्त्रालयमा उपस्थित हुन पनि मनकामना ग्यासका सञ्चालकलाई पनि मन्त्रीले निर्देशन दिएका छन् ।
 उपभोक्ता ठग्ने काम र अति सम्बेदनशिल वस्तुको काममा हरेक विषयको बारेमा सोचेर काम गर्न पनि व्यवसायी वर्गलाई राज्यमन्त्री विकले अनुरोध गरे  । यसरी गरिएको अनुगमनको पनि पुनः छड्के अनुगमन गरी पाँच दिन पछि पनि यस्तै प्रकारको कार्य दोहरिएको पाईएमा नियम अनुसार कडा कारबाही गर्ने समेत जानकारी दिए । आपूर्तीराज्य मन्त्री विकले दुई दिनदेखि नेपालगञ्जको बजार अनुगमन कार्यलाई तिब्रता दिएका छन् ।
दिलीप ट्रेडिङमा सिलबन्दी
नेपालगञ्जमा रहेको दिलिप ट्रेडिङ पेट्रोल पम्पले अवैधानिक रुपमा सटर भित्र संचालन गरेको नोजल पम्पमा शिलबन्दी गरिएको छ । राज्यमन्त्री विकले आधारभूत पूर्वाधार समेत नराखेको र घरभित्र नोजल राखी अवैधानिक रुपमा पम्प संचालन गरिएको कारण उक्त नोजलको शिलबन्दी गर्नुपरेको जानकारी दिए ।
यस्तै, राज्यमन्त्री विकले धिताल एण्ड घिताल ट्रेडर्स कोहलपुरको पनि घरभित्रमूनी अण्डरग्राउण्ड ट्याङकी सञ्चालन गरेको र आधारभूत मापदण्ड समेत नपु¥याएको कारण ५ दिने आधारभूत मापदण्ड पुरा गर्न निर्देशन दिएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।