पुष ९ – काठमाडौंस्थित पुतलिसडकमा रहेको रिपोर्टर्स क्लबमा हात हालाहाल भएको छ ।
नील हिरा समाजबाट बाहिरिएकाहरुले गरेको पत्रकार सम्मेलनमा समलिंगी तेश्रोलिंगीबीच हात हालाहालको अवस्था आएको हो ।
समाजबाट बाहिरिएकाहरुले स्थापना गरेको मितिनि नेपाल नामक संस्थाका बद्री पुन, पुनम रोक्का र जमिम रानाले नेपालमा कोही पनि तेश्रोलिंगी नभएको बताएपछि पत्रकार सम्मेलनमा पुगेका तेश्रोलिंगीहरु आक्रोशित भएका हुन् ।
मितिनि नेपालका पदाधिकारीले तेश्रोलिंगी नै नभएको भनेर बोलेपछि आफूहरु आक्रोशित भएको तेश्रोलिंगीहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा नील हिरा समाज बन्द गर्नुपर्ने भन्दै बोल्ने बद्र पुन, पुनम रोक्का र जमिम राना विरुद्ध झण्डै २ सयको संख्यामा रहेका समलिंगी तेश्रोलिंगीले नारावाजी समेत गरे ।
Comments