पुस ९ – राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा राष्ट्रपति डा रामवरण यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गरेका छन् ।

तर उक्त छलफल भने कुनै निष्कर्षमा नपुगि टुंगिएको छ ।

आजबाट भारतको औपचारिक भ्रमणमा निस्कन लागेका राष्ट्रपति यादवले छलफलमा आफू फर्कुन्जेल राजनीतिक दलहरुलाई सहमति जुटाइसक्न आह्वान भने गरेका छन् । तर यसअघि उनले दिएको समयसिमा भने पटक पटक खेर गईरहेका छन् ।

छलफलमा राष्ट्रपतिले ६ बुँदे लिखित धारणा राख्दै दलहरुलाई सहमतीय सरकारका लागि आग्रह गरेको बताइएको छ ।
आजदेखि ६ दिने भारत भ्रमणमा जान लागेका उनले मुलुकको राजनीतिक समीक्षा दलका नेताहरुलाई सुनाएका थिए।

राष्ट्रपतिले २००७ सालदेखि नै राजनीतिक दलहरुबीच विवाद कायम हुँदा प्रजातन्त्र मासिएको स्मरण गराउँदै दलहरुलाई लोकतन्त्रिक गणतन्त्र कायम राख्न एक हुनसमेत आग्रह गरेका छन् ।

छलफलमा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दललगायत अरु साना दलसमेतको सहभागिता रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।