रमेश भट्टराई/पुष ७– बैतडी बझाङ जयपृथ्वी बहादुरसिंह राजमार्गको सिद्धेश्वर ३ ज्यापुमा हिजो साँझ एक ट्रकमा लुटपाट भएको छ ।
बझाङबाट धनगढी आउदै गरेको ना ३ ख ५५८५ नम्बरको उक्त ट्रकमा साझ ७ बजेतिर हतियारसहित आएको ५/६ जना लुटेराको समुहले एक लाख १८ हजार नगद लुटेर लगको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।
लुटपाटका क्रममा लुटेराहरुसंग झडप हुदा ट्रक चालक हर्क खत्री सामान्य घाइते भएका छन् ।
लुटिएको ट्रकमा ६ जना सवार रहेपनि लुटेराहरुसँग हातहतियार भएकाले प्रतिकार गर्न नसिकिएको प्रंतक्ष्यदर्शीले बताएका छन् ।
लुटपाटमा संलग्न समुहको प्रहरी टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।