पुष ६ – चिट चोरेको आरोपमा बर्दियामा परीक्षा हलबाट एक जना विद्यार्थीलाई निकालिएपछि चारदिने ती विद्यार्थी बेपत्ता भएका छन् ।
बर्दियाको सानोश्रीमा अवस्थित राष्ट्रिय माविमा गत २ गते अप्सनल म्याथको अर्धवार्षिक परीक्षा सञ्चालन भईरहेको अवस्थामा कक्षा ९ मा अध्ययनरत पूर्णपुरका विद्यार्थी जीवन डाँगीलाई चिट चोरीरहेको अवस्थामा फेला पारी परीक्षा हलबाट निकाला गरिएपछि उनी सोही दिनदेखि बेपत्ता भएका हुन् ।
उनका बुवा आमाले सोही दिनदेखि छोरो घरमा नआएको भन्दै खोजी दिन आग्रह गरेका छन् ।
ती विद्यार्थीलाई परीक्षामा चिट चोरीरहेको अवस्थामा शिक्षकले फेला पारी परीक्षा हलबाट निकालि दिएको उनका साथीहरुले बताएको जनाइएको छ ।
Comments








