पुस ५ – लाङटाङ हिमाल नजिक आज धुँवाको मुस्लो देखिएको छ । सुरुमा त्यहाँ ज्वालामुखी विस्फोटन भएको आशङ्का गरिए पनि नेपाली सेनाले सो क्षेत्रको हवाई निरीक्षण गरी जंगलमा आगलागी भएको पुष्टि गरेको छ ।

रसुवाको लाङटाङ क्षेत्रको टिमुरेबाट घोडा तबेला जाने बाटोको रिदिम गाउँ विकास समितिमा धुँवाको मुस्लो देखिएकोमा हवाई
निरीक्षणमा गएको नेपाली सेनाको टोलीले आगलागी भएको ठहर गरेको हो ।

लाङटाङ निकुन्जको सुरक्षाको लागि त्यहाँ तैनाथ गरिएको नेपाली सेनाको ब्यारेकले ज्वालामुखीको आशङ्कासहितको सूचना सैनिक मुख्यालयलाई दिएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकपटर त्यहाँ निरीक्षण गर्न पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।