सिरहा २१ भदौ
आगामी २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी चयनका विषयमा नेपाली कांग्रेसभित्र खुकुरी हानाहानको स्थिति आएको छ ।
टिकटका विषयमा  सिरहामा  नेपाली कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान हुँदा १० जना घाइते समेत भएका छन् ।
नगरपालिकाको मेयरमा कांग्रेसले बुधबार पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा सुवासचन्द्र यादवलाई उठाउने तयारी भएपछि त्यहाँ विवाद चर्किएको हाे ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो । यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो । त्यहाँ अहिले सुरक्षा व्यवस्था कडा गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।