मङ्सिर ३० – राजधानीको ट्राफिक व्यवस्थापनामा देखिएका समस्या सम्बोधन गर्न ट्राफिक प्रहरीद्वारा सादा पोशाकका ट्राफिक प्रहरी खटाउन थालेको तीन दिनमै एकहजार ६४० सवारी उल्लङ्घनकर्तामाथि कारबाही गरिएको छ ।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य सडकहरूमा गत मङ्सिर २६ गतेदेखि बिहान र बेलुका राजधानीका व्यस्त सडकमा खटाउन थालेको थियो ।
महाशाखाले ट्राफिक परिचालनबाट सवारी आवागमनमा सहजता ल्याउनुका साथै पैदलयात्रीले समेत राहत महसुस गर्न थालेको दाबी गरेको छ ।
महाशाखाका अनुसार तीन दिनको अवधिमा लेन अनुशासन पालना नगर्ने ९८५, सवारीको स्वरूप परिवर्तन गर्ने १७, जथाभावी रोक्ने ११२, रातो बत्तीमा नरोक्ने २२५, मोबाइल फोन प्रयोग गर्ने ८८, सिटबेल्ट प्रयोग नगर्ने ६६, इसारा उल्लङ्घन १८, क्षमताभन्दा बढी यात्रु बोक्ने ३९, सवारी साधनको ढोका खुला राख्ने ८०, सवारी साधनको नम्बर प्लेट स्प्रे गरिएका १९२ समेतका घटनामा कारबाही गरिएको छ ।