मंसिर २९ – सप्तरीमा आज झुन्डिएर एक जना महिलाले ज्यान फ्यालेकी छन् ।
सप्तरीको जण्डौल गाविसस्थितमा खोक्सर प्रवाहा गाविस–६ निवासी सुरेश चौधरीकी २२ वर्षीया श्रीमती मनिषा चौधरीले भुन्डिएर आत्महत्या गरेकी हुन् ।

जण्डौल गाविस–८ घोघिदाहास्थित माइतीमा बस्दै आएकी मनिषाले माइतीमै आत्महत्या गरेको बताइएको छ ।

उनका श्रीमान् सुरेश विगत एक वर्षदेखि वैदेशिक रोजगारका लागि विदेशमा भएको प्रहरीले जनाएको छ ।

उनको आत्महत्याको कारण खुल्न नसके पनि घरायसी विवादका कारण आत्महत्या गरेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

उनको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।