अभिनेत्री करिना कपुर र कट्रिना कैफलाई पछि पार्दै प्रियंका चोपडा एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा एक नम्बरमा आएकी छन् ।
‘विकली’ म्यागजिनले हालै गरेको अनलाइन सर्वेक्षण अनुसार बलिउड अभिनेत्री प्रियंका चोपडाले दुई बलिउड अभिनेत्री करिना कपुर र कट्रिना कैफलाई पछि पार्दै एक नम्बरमा आएकी हुन् ।

यसैवर्ष आएको बलिउड फिल्म ‘बर्फी’मा राम्रो काम गरेकी भनेर प्रशंसा समेत कमाएकी प्रियंकालाई उक्त पत्रिकाको सर्वेक्षणले यसवर्षको सबैभन्दा सेक्सी एशियन महिलाको उपाधि दिएको हो ।

 यसअगाडी कट्रिना लगातार तीनपटक यस सर्वेक्षणमा एसियाकी सर्वाधिक सेक्सी महिला घोषित भएकी थिइन्य तर यसपटकको सर्वेक्षणअनुसार पहिलो नम्बरमा प्रियंका, दोस्रो नम्बरमा करिना र तेस्रो नम्बरमा कट्रिना परेका छन् ।

एसियाकै सेक्सी महिला घोषित भएपछि प्रियंकाले खुसी हुँदै आफूलाई देश तथा विदेशबाट भोट दिने सबैलाई धन्यवाद दिएकी छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।