विपक्षी नेतृलाई जेल हालिएको विषयमा युक्रेनी संसद भित्र बुधबार कुटाकुट भएको छ भने संसद भवन बाहिर भने महिलाहरुले नांगो प्रदर्शन गरेका छन् ।

विपक्षी नेतृलाई विनाकारण जेलमा हालिएको विरोधमा महिला अधिकारवादी संस्था फिमेनसँग आबद्ध महिलाहरु संसद भवन बाहिर टपलेस प्रदर्शनमा उत्रिएका हुन भने संसद भवनभित्र भने सांसदहरुबीच कुटाकुट भएको हो ।

अक्टोबरको विवादास्पद चुनावपछि पहिलोपटक बसेको संसद बैठकमा दुइजना सत्तारुढ दलका सांसदलाई सपथग्रहण लिनबाट विपक्षी सांसदहरुले रोकेपछि माइनस ३ डिग्री सेल्सियस तापक्रम रहेको उक्त ठाउँमा भकुरा भकुर भएको थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।