मंसिर २८ – सिएनएन हिरो २०१२ पुष्पा बस्नेत नेपाल सरकारद्वारा पनि सम्मानित भएका छिन् ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले कारागारमा बन्दीजीवन बिताइरहेका परिवारका बालबालिकाको सेवामा निःस्वार्थ भावले समर्पित भई सिएनएन हिरो उपाधि चुम्न सफल बस्नेतलाई आज सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा मन्त्रालयका मन्त्री बद्रीप्रसाद न्यौपानेले बस्नेतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सम्मानित भपछि बस्नेतले आफू ‘सिएनएन हिरो एवार्ड–२०१२’ बाट सम्मानित हुन पाउँदा खुसी लागेको र काँधमा जिम्मेवारी थपिएको महसुस भएको धारणा व्यक्त गरिन् ।
आफू आजीवन यिनै बेसहारा बालबालिकाको सेवामा समर्पित हुने उनको प्रतिवद्धता छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री न्यौपानेले निःस्वार्थ भावले समाजसेवामा पु¥याएको योगदानको कदर स्वरूप सिएनएन हिरो एवार्ड–२०१२ बाट सम्मानित पुष्पा विश्वकै हिरो बनेको उल्लेख गरे ।







