मंसिर २८ – तेस्रो पटक दिएको समयसीमा भित्र पनि दलहरुले सहमति गर्न नसकेपछि राष्टपति डा. रामवरण यादवले सहमतीयका लागि आज फेरि ५ दिन समय थप गरिदिएका छन् ।
मंसिर २८ – तेस्रो पटक दिएको समयसीमा भित्र पनि दलहरुले सहमति गर्न नसकेपछि राष्टपति डा. रामवरण यादवले सहमतीयका लागि आज फेरि ५ दिन समय थप गरिदिएका छन् ।
दलहरुले आग्रह गरेपछि आज यसलाईए अन्तिम बनाउनुस् भन्दै थप पाँच दिन समय थपिदिएका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार यसअघि दोस्रो पटक थप गरिएको ६ दिनको समयबाट एक दिन घटाएर ५ दिनको समय दिइएको हो ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ (१) अनुसार राष्ट्रपतिको आह्वानमा सहमतिको सरकार नबने धारा ३८ (२) अनुसार संसद्बाट बहुमतीय प्रधानमन्त्री छान्नुपर्छ । तर अहिले संसद् नरहेको अवस्थामा त्यो सम्भव छैन ।
राष्ट्रपतिले सहमतिको सरकारका लागि दलहरुलाई गत ८ मंसिरमा सात दिनको समयसीमा दिएका थिए । तर, निर्धारित समयमा पनि सहमति नभएपछिे १४ र २२ मंसिरमासात र ६ दिनको म्याद तोकेका थिए । कुनैपनि समय सीमामा दलहरुले सहमति गर्न नसक्दा आफुले गर्ने प्रयास र कदमका विषयमा राष्ट्रपति यादव पनि परामर्शमा रहेका छन् ।







