मंसिर २८ – लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गिय भिमबहादुर तामाङको १३ औ दिनको पुण्य तिथिका अवसरमा आज नेपाली काङ्ग्रेसले देशभर सोक सभा गर्ने भएको छ ।

देशभरका विभिन्न ठाउँमा हुने सभालाई काङ्ग्रेका उच्च नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । देशका बिभिन्न स्थानमा आयोजना गरीएको स्वर्गिय तामाङको सोकसभालाई पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

तामाङको गृहजिल्ला दोलखामा हुने शोकसभालाई काङग्रेस सभापति शुसिल कोईरालाले सम्बोधन गर्ने बताइएको छ ।
यस्तै वरीष्ठ नेता शेरबहादुर देउवाले काठमाण्डौ ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा पार्टि केन्द्रिय कार्यालय सानेपामा हुने सभालाई सम्बोधन गर्ने काङ्ग्रेसले जनाएको छ ।

उता चितवनमा हने शोकसभालाई उपसभापति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् । १३ दिनअघि काङ्ग्रेस नेता तामाङको गत १६ गते हृदयघातका कारण निधन भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।