त्रिलोचन कोइराला, युएई – युएईबाट नेपाली रेडियो प्रशारण संचालन गर्ने परिक्षण प्रशारण सुरु भएको छ ।
शताब्दीकै महत्वपुर्ण दिन १२-१२-१२ को अबसर पारेर रोजगारिका लागि युएई आएका नेपाली युवाहरूले मध्यपुर्वी देशमा नेपाली रेडियो संचालन गर्ने परिक्षण प्रशारण थालेका छन् ।
रेडियोको परिक्षण प्रशारण प्रवासी अनलाइन पत्रिका, आइफोन, आइप्याटमा समेत सुन्न सकिन्छ भने चाँडै मोबाइलमा पनि सुन्न सकिनेछ । रेडियोको परिक्षण प्रशारणको माध्यम बनेको प्रवासी अनलाइन पत्रिका पनि १२-१२-१२ को अवसर पारेर प्रकासन गर्न थालिएको हो । प्रवासी अनलाइन पत्रिका www. prabasionline.com मा पढ्न तथा प्रवासी रेडियो सुन्न सकिन्छ ।
मध्यपुर्वी देशमा नेपालि रेडियो संचालन गरी रोजगार, व्यवसाय तथा अन्य कारणले बिदेशीएका नेपालीहरूको आवाज, प्रतिभा, पिडा, सफलता तथा पहिचानलाई विश्वभरी छरिएर रहेका नेपाली माझ पुर्याउने लक्ष लिएर परिक्षणका लागि प्रवासी अनलाइन पत्रिकामा नेपाली संगित बजाएर रेडियोको परिक्षण प्रसारण थालिएको पत्रिकाका प्रबन्ध निर्देशक शेखर चापागाईले बताए । उनका अनुसार पाठक तथा श्रोताको प्रतिक्रियापछि निकट भबिश्यमा रेडियो प्रसारण थालिने छ ।
पत्रिका तथा रेडियो लाई सत्य, तथ्य तथा निष्पक्ष बनाउन एवं सञ्चालन गर्नका लागि युएईमा समाजसेवा, कलाकारिता तथा पत्रकारिता गरिरहेका युवाहरुले जानकारी, चेतना, मनोरञ्जन तथा समयसान्र्भिक समाचार प्रकाशन तथा प्रसारण गर्ने उदेश्यले पत्रिका एवं रेडियो सञ्चालन गर्न थालिएको कला संयोजक रमेश खडका बताउँछन् । प्रवासी नेपालीहरूको आवाजलाई पहिलो बिषय बनाउने बताएको रेडियोको कार्यक्रम उत्पादन प्रमुख प्रबन्ध निर्देशक त्रिलोचन कोइराला रहेका छन् ।
राजनीतिक, सामाजिक, आर्थिक, साहित्य संगित, मनोरञ्जन, स्वस्थय, शिक्षा खेलकुद लगायतका गतिबिधिलाई राजनीतिक आस्थाबाट टाडा बनाई पत्रिका तथा रेडियो सञ्चालन गरिने चापागाईले बताए । चापागाईले युएईमा रहेका संघ संस्था, नेपाली दुतावास, बुद्धिजिवी, पत्रकार लगायत सम्पूर्ण नेपालीहरूलाई नेपाली कला संस्कृती, पहिचान, राष्ट्रिय गौरवका लागि प्रवासी पत्रिका तथा रेडियोसंग हातेमालो गर्न आग्रह गरेका छन् ।