मंसिर २८ – पाकिस्तानी आदिवासी क्षेत्रमा मानव अधिकार नभएको खुल्न आएको छ । कानुन विहिन पाकिस्तानका क्षेत्रहरुमा मानवअधिकार उल्लंघन हुने गरेका तथ्यहरु सार्वजनिक भएका हुन् ।
एम्नेष्टि इन्टरनेसनलले प्रकाशित गरेको प्रतिवेदनमा पाकिस्तानको उत्तर पश्चिम आदिवासी क्षेत्रमा मानव अधिकार हननका घटनाहरु वारे उल्लेख गरिएको छ ।
पाकिस्तानी सरकार ती क्षेत्रमा मानवअधिकारको प्रत्याभूती दिलाउन असमर्थ रहेको एम्नेष्टी इन्टरनेशनलको दावी छ ।
उक्त क्षेत्रमा तालिवानी विद्रोही र सरकारी सेनाले जनतालाई आतंकित पार्ने गरेका तथ्याङ्कहरु सावर्जनिक गरिएका छन् ।
Comments