मङ्सिर २८ – झापाको काकडभित्ताबाट काठमाडौँ जान लागेको रात्रिबसका दुई महिलाको गरगहना र पैसा लुट्ने एक गिरोहमध्ये एक जनालाई आज बिहान पूर्वपश्चिम राजमार्ग हेटौँडा–नारायणगढखण्डको थानाभ¥याङमा प्रहरीले गिरफ्तार गरेको छ ।


पक्राउ पर्नेमा मकवानपुर हटिया–८ बस्ने आशिष खत्री छन् । गिरोहमध्यकै दिलीप घिमिरे फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

अभियुक्तले हेटौँडा–११ मा गाडीले तेल भर्न लाग्दा सबैजसो यात्रु शौचमा गएका बेला गाडीभित्र रहेका दुई महिलाको नगद, सुनका गहना र टेलिफोन मोबाइल गरी करिब रु दुई लाखको सम्पत्ति लुटेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।