मंसिर २७ – आफ्ना माग पूरा नभए तीन जनाको ज्यान जाने गरी भएको बबरमहल बम काण्ड पुनः मच्चाउने सशस्त्र संगठनले धम्की दिएको छ ।
अन्तरिम सरकार गठन र निष्पक्ष निर्वाचनको माग गर्दै भूमिगत सशस्त्र संगठनले तत्काल माग सम्बोधन नभए अर्को ‘बबरमहल बम काण्ड’ मच्चाउने धम्की दिएको हो ।
एक प्रेस विज्ञप्ति जारी गरी मोर्चाले सर्वजातीय गोलमेच सम्मेलन गरी सर्वजातीय अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेको छ भने सोही सरकारले तत्काल निष्पक्ष रुपमा संविधानसभाको निर्वाचन गराउनेपर्ने माग गर्दै उक्त चेतावनी समेत दिएको छ ।
बबरमहलस्थित नेपाल आयल निगमको मूलढोका छेउमा गत जेठमा मोर्चाले बम विस्फोट गराउँदा तीन जनाको मृत्यु भएको थियो ।
आफ्ना माग छिटै सम्बोधन नभए त्यस्तै बम काण्ड थुप्रै ठाउँमा मच्चाउन बाध्य हुने भन्दै मोर्चाले धम्की दिएको हो ।