मंसिर २६ – विश्व कीर्तिमान राख्ने भन्दै गरिएको चमत्कारी कामका कारण तनहुँमा दुई जना आगोमा जलेर गम्भीर घाइते भएका छन् ।

आगोले बल्दै गरेको गोठ भित्र मोटरसाईकल चलाएर विश्व कीर्तिमान राख्न खोज्दा आगोमा जलेर दुई जना घाइते हुन पुगेका हुन् ।

जलेर घाइते हुनेमा व्यास-१ भादगाउँका २८ बर्षीय सुरेश पन्थ र पर्वत घर भई हाल व्यास ११ दमौली बस्दै आएका २९ बर्षीय सुमित थापा रहेका प्रहरीले जनाएको छ ।

उनीहरु नेपाल प्रहरीका पुर्व हवल्दार ३६ बर्षीय शम्सेरवहादुर लम्साललाई कीर्तिमान राख्न सहयोग गर्ने क्रममा बाँसले बनाईएको १ सय ५० मिटर लामो सुरुङ्ग जस्तो गोठभित्र जल्न पुगेका थिए ।

मोटरसाईकलमा चढी गोठ भित्र आगो लगाउँदै गरेका उहाँहरु एक्सासी चारै तर्फबाट सल्केको आगोमा परेर घाइते भएका हुन् । घाइतेहरुको अहिले उपचार भईरहेको छ । तस्विर सौजन्य : कृष्ण न्यौपाने

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।