मंसिर २६ – ०६९ साल जेठमा सञ्चालित यस वर्षको कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषदले गत वैशाख–जेठमा लिएको परीक्षाको विज्ञान, मानविकी र शिक्षा शास्त्र संकायको परीक्षाफल आज सार्वजनिक भएको हो ।
आज सार्वजनिक भएको नतिजा अन्तर्गत ४०.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा नियमिततर्फ ४० दशमलव ३८ प्रतिशत अर्थात १ लाख १४ हजार १९ परीक्षार्थी उत्तिर्ण भएका हसन् ।
गत वर्ष भने ३९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।
२ लाख ८३ हजार ३ सय ५९ जना विद्यार्थी उक्त परीक्षामा सहभागी भएका थिए । जसअन्तर्गत अनियमित गरेका २ सय ८९ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ भने १४ जनाको स्थगित भएको बताइएको छ ।
Comments