मंसिर २६ – बलिउड अभिनेत्री मनिषा कोइरालाको आज बिहान न्यूयोर्कमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको छ ।
बिरामी परेपछि काठमाडौँस्थित नर्भिक अस्पतालमा भर्नापछि भारत हुँदै अमेरिका पुर्याएकी उनको नेपाली समय अनुसार बिहान सवा दश बजे उनको पाठेघरको न्यूयोर्कको म्यानहाटनमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा अप्रेशन सम्पन्न गरिएको हो ।
नर्भिक अस्पतालमा भर्ना गरिएको दुई दिनपछि उनलाई मुम्बइको जसलोक अस्पतालमा भर्ना गरिएको थियो ।
जसलोक अस्पतालले मनिषालाई क्यान्सर भएको पुष्टि गरेपछि कोइराला परिवारले उनलाई न्यूयोर्क लाने निर्णय गरेको थियो ।
Comments








