मंसिर २५ – म्याक्सिकन अमेरिकी गायिका जेनइ रिभेरासहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ ।
उत्तर म्याक्सिकोमा यात्रारत सानो जेट विमान दुर्घटनामा गायिका साथै विमानका दुई पाइलटसहित ७ जनाको ज्यान गएको हो ।
रिभेरा चढेको विमान राडरभन्दा ६२ माइल टाढा वेपत्ता भएको थियो । दुर्घटनामा परेको विमानको आँधीका कारण उद्दार कार्यमा कठिनार्इ भएको बताइएको छ ।
दुर्घटनाको कारणखुल्न सकेको छैन।४३ वर्षीया रिमेरा मेक्सिकोको टुलुका सहरमा कन्सर्टका लागि जाँदै थिइन् । क्यालिफोर्नियाको लङ विचमा जन्मिएकी रिभेरा पछि म्याक्सिकोमा रहँदै आएकी थिइन् ।
रिभेराले आफ्नो जीवनमा १ करोड ५० लाख रेकर्डेड गीत बिक्री गर्न सकेकी थिइन् । थुप्रै सांगितिक अवार्ड हासिल गरेकी उनी ग्रेमी अवार्डमा पनि मनोनित भएकी थिइन् ।