मंसिर २५ – सिन्धुपाल्चोकमा सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको दोलालघाटबाट काभ्रको चौबास तर्फ जादै गरेको गरेको बा.३.च १३४९ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि सिन्धुपाल्चोक फलाके ८ का २२ वर्षिय उद्धव खड्काको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना गम्भीर घाइते भएका बताइएको छ ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भुमलुटार भन्ने स्थानमा गएराती जीप दुर्घटना भएको बताइएको छ ।
Comments








