कमेडी कथा वस्तुमा रोचक घोचक अभिनय गरेर दर्शकको मन जित्न सफल मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यतिबेला भने अंग्रेजी चलचित्र अर्थात हलिउड जगतमा अभिनय गरिरहेका छन् ।

मह जोडीलाई ‘सोल्ड’ नामक अंग्रेजी चलचित्रमा पहिलोपटक अभिनय गर्ने अवसर जुरेको हो ।

सोही चलचित्रको सुटिङका लागि मह जोडी यतिबेला भने पोखरानजिकै हृयाङजाकोटमा सुटिङमा भ्याई नभ्याई छन् ।

मेरिकी निर्देशक जेफ्री ब्राउनको निर्देशन रहेको यस चलचित्र भारतीय सहरमा बेचिएकी नेपाली चेलीको पीडामा आधारित छ । नेपाली चेली बेचिएर भारतको कोठीसम्म पुर्‍याइदा र उनीहरुले त्यहाँ भोग्नुपरेको पिडा चलचित्रको मुख्य कथाबस्तु रहेको बताइएको छ ।

उक्त चलचित्रमा अमेरिकी कलाकार तिलोतमा सोमेको पनि अभियन रहने छ ।

चलचित्र ‘सोल्डु’का निर्माता भने जेन चार्ल्स रहेका छन् त्यस्तै निर्देशक ब्राउनले भने विभिन्न टेलिसिरियल र चलचित्र निर्देशन गरिसकेका छन् ।

मोलिज पिलग्रिम र ड्रिम विथ दि फिसेस उनले निर्देशन गरेका चर्चित चलचित्र हुन्। छोटो फिल्म मोलिज पिलग्रिमले सन् १९८६ को ओस्कार अवार्ड जितेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।