मंसिर २५ – संगठन दर्ता गर्ने विषयमा एकीकृत नेकपा माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई पक्षबीच कुटाकुट भएको छ ।
संगठन दर्ता गर्ने निहुँमा श्रम कार्यालय टेकुमा दुई पक्षबीच कुटाकु भएको हो । कुटाकुटमा परी केही कार्यकर्ता घाइते भएको र घाइते उनीहरुको उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।
आज बिहान भट्टराईपक्षीय मजदुरहरुले अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदूर संघ दर्ता गर्न जाने क्रममा दाहालपक्षीय मजदुहरुले उक्त संगठन दर्तामा आफ्नो पनि आधिकारिकता हुनुपर्ने भने पछि त्यहाँ झडपको सिर्जना भएको हो ।
भट्टराईपक्षीय र दाहालपक्षीय मजदुरहरुबीच लामो समयदेखि विवाद हुँदै आएको छ भने उनीहरुबीच पटक पटक झडप समेत हुँदै आएको छ ।
Comments