मंसिर २४ – कुटपिट गरी आफ्नै पत्नीको हत्या गर्ने धादिङका कान्छा परियार पक्राउ परेका छन् ।
परियार काठमाडौँको डल्लुबाट पक्राउ परेका हुन् ।
अभियुक्त ३५ वर्षीय कान्छाले मादकपदार्थ सेवन गरी सामान्य वादविवादका क्रममा हिजो आफ्नै २६ वर्षीया पत्नी निरु परियारलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा उनको वीर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
कान्छामाथि कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।