मंसिर २२ – प्रधानमन्त्री बाबुराम भट्टराईलाई आज कैलालीमा रहेको मुक्त कमैया शिविरका बाबुराम चौधरी परिवारले मुसाको मासु खुवाउँदैछन् ।

जताततै कालो झण्डा देखाउँदै विरोध गरिरहेको अवस्थामा तपाईले प्रधानमन्त्रीलाई मुसाको मासु पनि विरोधमै खुवाउन लागेका हुन् भन्ने सोच्नु भयो भने चाँही सही हुने छैन । किनभने चौधरी समुदायको परम्परा अनुसार पाहुनालाई स्वागत गर्न मुसाको मासु तथा चटनी दिने चलन छ । त्यसैले प्रधानमन्त्रीलाई स्वागत गर्न उनीहरुले मुसाको मासु तय गरेका छन् ।

यसरी उनीहरुले प्रधानमन्त्रीको स्वागतका लागि मुसालाई सबैभन्दा राम्रो माने पनि विविध संस्कृतिले भरिपूर्ण नेपालका प्रधानमन्त्रीले भट्टराईले भने मुसाको माुस कहिल्यै नखाएकाले आज त्यहाँ मासु खाने हुन् कि होइनन् भन्नेमा शंका उब्जिएको छ ।

एक थरीले उनले त्यहाँ गएर मासु खाएनन् भने चौधरी समुदायको अपमान हुने भएकाले प्रधानमन्त्रीले मासु खान्छन् भनिरहेका छन् भने एक थरीले कहिल्यै नखाएकाले नखाने होलान् भनिरहेका छन् ।

जेहोस्, स्वागतका लागि मुसाको मासु खोजेर प्रधानमन्त्रीको भव्य स्वागतको तयारी भन्ने जस्ता समाचारहरु मिडियामा अघिल्लै दिन आईसकेको र प्रधानमन्त्री निकायबाट कुनै प्रतिक्रिया नजनाई सकेकाले प्रधानमन्त्रीले आज मुसाको मासु खाने सम्भावना भने अलिक बढी रहे पनि यसै भन्न सकिने अवस्था चाँही छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।