मंसिर २२ – नदीहरुमा पानीको जलस्तर घटेको भन्दै फेरि पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएको छ ।
नयाँ तालिका अनुसार अब दैनिक रुपमै १० घण्टा लोडसेडिङ हुने भएको छ । तर अत्याधिक चुहावट हुने फिडरहरुमा भने दैनिक १ देखि ६ घण्टासम्म थप लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणद्वारा विज्ञप्तिमा नदीहरुमा पानीको जलस्तर घट्न गएको तथा माग आपूर्तिमा असन्तुलन भएकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिका परिवर्तन गर्नुपरेको उल्लेख छ ।

उर्जा मन्त्रालयको नेतृत्वकर्ता समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले हिउँदमा लोडसेडिङ १२ घण्टा सीमित गर्ने घोषणा गर्ने जनाए पनि त्यसलाई नाघेर जाने सम्भावना बढेर गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।