मंसिर २३ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले इ–बैंकिङ कारोबार गर्ने ग्राहकलाई ठगिनबाट बच्न आग्रह गरेको छ ।

नेपालका विभिन्न वित्तीय संस्थाहरूको इ–बैंकिङका लागि लगइन गर्ने मुख्य पृष्ठसँग दुरुस्त मिल्ने पेज लगइन पेज बनाई विगत केही महिनादेखि वित्तीय संस्थाहरूका खातावालालाई झुक्याउन गिरोह नै सक्रिय रहेको ब्युरोले जनाएको छ ।

सुरक्षाका कारण पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै इमेलमा ‘तपाईंको अकाउन्ट डिसेबल गरिएको छ, सस्पेन्ड गरिएको छ र पुनः चालु गर्नका लागि फलानो लिङ्कमा गएर आफ्नो युजरनेम र पासवर्ड हात्रुहोस्’ भनी स्पाम इमेलहरू पठाउने र ग्राहकहरूलाई झुक्याई बैंकको खाता नम्बर, नाम, ठेगाना तथा पासवर्ड चोरी गर्ने आपराधिक प्रवृत्ति बढ्दै गएकाले सर्वसाधारणलाई सचेत हुन पनि ब्युरोले अपिल गरेको छ ।

साथै सोही समूहले इमेलमार्फत विदेशस्थित विभिन्न व्यापारिक प्रतिष्ठानको आधिकारिक सदस्य हुँ भत्रे परिचय दिँदै तपाइँको नाममा रहेको विभिन्न बैंकहरूको खाता नम्बरसहितको अन्य विवरणसमेत माग गर्ने र नेपालमा सो व्यापारिक प्रतिष्ठानले गरेका व्यवसायहरूको बाँकी रहेको बक्यौता रकम उठाउन ‘पेमेन्ट क्लिअरिङ एजेन्ट’को रुपमा तपाइँलाई नियुक्त गरिएको भनी इमेलमार्फत सम्पर्क गर्ने गरेको समेत देखिएको छ, ब्युरोको अपिलमा भनिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।