मङ्सिर १९– एक महिनादेखि बेपत्ता एक जना पर्यटक भेट्टाउनले एक लाख पुरस्कार पाउने भएका छन् ।

एक महिनाअघि ढोरपाटन शिकार आरक्ष हुँदै डोल्पा जानेक्रममा हराएका एक जर्मन नागरिक भेट्टाउनेलाई उनका परिवारले रु एक लाख पुरस्कार दिने घोषणा गरेको हो ।

कात्तिक दोस्रो साता ढोरपाटन क्षेत्रबाट हराएका ५३ वर्षीया मारिनो मेनाछिट्टी नभेटिएपछि खोजीका लागि उनका परिवारले अपिल गर्दै भेट्टाउनेलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

पर्यटक खोजी तथा उद्धार संस्था पोखराका निर्देशक जित मगरले बाटो बिराएर हराएका मारिनोको खोजीका क्रममा दुलै भन्ने ठाउँमा उनले प्रयोग गरेको टेन्ट, कपडा र ग्यासका डिब्बा भेटिए पनि मानिस नभेटिएको बताएको राससले उल्लेख गरेको छ ।

हेलिकप्टरमार्फत खोजी गर्दासमेत नभेटिएपछि मारिनोको परिवारले अपिल सार्वजनिक गर्दै खोजीका लागि आग्रह गरेका मगरले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।