मंसिर १८ – एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य विजय तामाङको आज गोली हानी हत्या गरिएको छ ।

उत्तरी धादिङको गुम्दी गाविस वडा नं ६ सातदोबाटेमा आज बिहान ८ः१५ बजे हत्या भएको हो ।

दार्खा गाविस–८ निवासी अन्दाजी २६ वर्षीय तामाङको हत्या गरी हत्याराहरू फरार भएका छन् ।

सात दोबाटेमा बसिरहेको अवस्थामा तामाङलाई पाँच सात जनाका एक समूहले गोली तथा खुँडा प्रहार गरी हत्या गरेका थिए । घटना गुम्दीमा घटेको र मृतक दार्खा निवासी भएकाले दुवै गाविस तनाबग्रस्त रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

फरार भएकाहरूको खोजतलास जारी रहेकामा अहिलेसम्म पक्राउ नपरेको र उनीहरूको नाम पनि सार्वजनिक हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।