मङ्सिर १७ – गएराति माछापोखरी नजिकै भएको दुर्घटनामा धादिङका एक युवकको मृत्यु भएको छ ।

नयाँ बसपार्कबाट बालाजुतर्फ जाँदै गरेको बा२ख ८५७ नम्बरको सार्वजनिक यातायातमा यात्रा गरेका धादिङ छत्रेदेउरालीका २५ वर्षीय विमल भण्डारीको सो स्थानमा ओर्लने क्रममा खसेर राति ८ बजे घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधनलाई नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी प्रभागमा नियन्त्रणमा लिइएको छ ।

त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।