खोटाङ, १७ मङ्सिर । दक्षिणी गाविस दुर्छिममा अवैधरुपमा गरिएको गाँजा खेती नष्ट गरिएको छ ।

वडा नम्बर–२ र ३ को करिब दुई सय रोपनी जग्गामा अवैधरुपमा लगाइएको गाँजा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको बताइएको छ । यस्तै करिब १५ किलोग्राम बराबरको तयारी गाँजासमेत नष्ट गरिएको टोलीले जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।