काठमाडौं १९ भदौ
प्रदेश सभा र प्रतिनिधिसभा सम्बन्धी व्यवस्था गर्न बनेका दुई वटा विधेयक आज पारित हुने भएको छ । नेपाली कांग्रेसका सांसदहरुले भ्रष्टाचार मुद्धा लागेकालाई पनि चुनाव लड्न दिनु पर्ने संशोधन फिर्ता लिएपछि राज्य व्यवस्था समितिले प्रदेशसभा र प्रतिनिधिसभा सम्वन्धी दुबै विधेयक पास गरेको छ ।

समितिले विधेयक पास गरेकाले आजै बस्ने संसद बैठकमा पेश गरिने संसद सचिवालयले जनाएको छ ।

सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारी ठहर भएकालाई आजीवन चुनाव लड्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो । तर, कांग्रेसका १९ सांसदले भ्रष्टाचारको सजाय पाएको ३ वर्षपछि चुनाव लड्न पाउनु पर्ने भन्दै संशोधन हालेका थिए । यही कारण विधेयक अड्किएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।