मङ्सिर १६ – व्यास नगरपालिका– १ मुसेखोलामा अरिङ्गालको गोलो पोल्न जाँदा शुक्रबार राति एक युवकको रुखबाट लडेर मृत्यु भएको छ ।

राति ९:१५ बजे अरिङ्गाल पोल्न गएका सोही ठाउँका २० वर्षीय दीपक मगर रुखबाट लडेर गम्भीर घाइते भएपछि दमौली अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत वर्ष पनि तनहुँको घाँसीकुवा गाविसमा कालो अरिङ्गाल पोल्न जाँदा रुखबाट लडेर दुई जनाको मृत्यु भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।