मंसिर १५ – राजधानीको रातोपुलस्थित फोहोरको थुप्रोमा ३ थान पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ ।

फोहोर संकलकहरुले खबर गरेका पछि बिहीबार प्रहरीले रातो पुलमुनिको फोहोरमा राखिएको अवस्थामा ३ थान पेस्तोल र त्यसमा प्रयोग हुने ४ राउण्ड गोली बरामद गरेको हो ।

हतियार फोहोरमा पोको पारिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले फोहोर संकलक कर्ताले गरेको जानकारी पछि उक्त पेस्तोल बरामद गरेको हो । बरामद गरेको पेस्टोल कटुवा भएको प्रहरीले बताएको छ । हतियार भएको थाहा पाएपछि गौशाला प्रहरी प्रभागका प्रहरी निरीक्षक पवन भट्टराईको टोलीले हतियार बरामद गरेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।