मङ्सिर ११ – नेकपा–माओवादीले पार्टी महासचिव रामबहादुर थापालाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सिपी गजुरेलले महासचिव थापालाई प्रधानमन्त्रीका लागि उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको बताए ।

उनले सहमतीय सरकारका लागि नेपाली काँग्रेस वा एमाओवादीले प्रस्ताव गर्ने प्रधानमन्त्रीको उम्मेदवारलाई आफ्नो पार्टीले कुनै हालतमा स्वीकार नगर्ने बताए ।

अरु सबै पार्टीसँग पुरानै एजेण्डा मात्र भएको र आफ्नो पार्टीसँग मात्रै नयाँ एजेण्डा भएकाले आफ्नो पार्टीलाई सरकारको नेतृत्व दिइए राजनीतिक गतिरोध अन्त्य हुनसक्ने उनको भनाइ थियो ।

राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समयसीमा भित्र दलहरूले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम दिन नसक्ने ठोकुवा उपाध्यक्ष गजुरेलले गरे ।

उनले भने, “राष्ट्रपतिले दिएको समयसीमाभित्रै दलहरूले प्रधानमन्त्रीको नाम दिन सक्दैनन् । त्यसपछि एमाओवादीले वर्तमान प्रधानमन्त्री यथावत रहिरहने दाबी गर्ने र राष्ट्रपतिले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्ने अवस्था देखिएको छ । यी दुवै कार्यमा हाम्रो सहमति हुन सक्दैन” राससमा उल्लेख छ ।

राष्ट्रपतिको आह्वान आइसकेको अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराईले मार्गप्रशस्त गर्दा नै उपयुक्त हुने पनि उनले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।