मङ्सिर १० – सप्तरीमा बाखाले सुँगुरको पाठा जन्माएपछि सप्तरीको गम्हरिया प्रवाहा गाविसका बासिन्दा आश्चर्यचकित बने ।

गम्हरिया प्रवाहा गाविस–३ निवासी योगेन्द्रप्रसाद साहले पालेको बाख्राले शनिबार बिहान सुँगुरको पाथा जन्माएको थियो । बाख्राले अन्दाजी करिब तीन किलोग्राम तौल भएको उक्त सुँगुरको पाठा जन्माएपछि हेर्नका लागि उनको घरमा सर्वसाधारणको घुइँचो लागेको थियो ।

बिहान ८ बजेतिर जीवितै जन्मेको बच्चा तीन घन्टापछि मरेको स्थानीयवासी धीरेन्द्र साहले जानकारी दिएको राससमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।