नेपाली कथानक तर छायांकनदेखि नै विवादै विवादमा रुमलिदै आएको चलचित्र एटिएम पुनः विवादमै फसेको छ ।
आजदेखि हलहरुमा लाग्न सुरु भएको उक्त चलचित्रमाथि आजैदेखि प्रदर्शनमा रोक लागेको हो ।
एडल्ट सर्टिफिकेट पाएको चलचित्र एटिमले आजबाट देशभर प्रदर्शन सुरु गरेको थियो । एटिएमको प्रदर्शन चलचित्र घरमा हुनासाथ सञ्चार मन्त्रालयले प्रदर्शनमा रोग लगाउन आदेश दिएको हो ।

आज सञ्चार मन्त्रालयले एटिमलाई प्रदर्शनमा रोक लगाउँन गृह मन्त्रालयलाई आदेश दिएको हो । सञ्चाल मन्त्रालयले एटियम युनिटमाथि सेन्सर बोर्डले काट्न लगाएका दृश्य र संवाद नकाटेको आरोप लगाएको छ । सेन्सर बोर्डले चलचित्रमा भएका केही आपत्तिजनक दृश्य काटेर मात्र प्रदर्शन गर्न दिएको निर्देशनलाई पालना नगरेपछि प्रदर्शनमा रोक लगाएको बताएको छ ।

मुलुकभर आजबाट प्रदर्शनमा आएको चलचित्रको अनुगमनका लागि सेन्सर बोर्डका सदस्य चलचित्र हलमा पुगेका थिए । हलमा बोर्डले दिएको निर्देशनका आधारमा कुनै पनि दृश्य र संवाद नकादिएको अनुगमनमा गएका सदस्यहरुलेब बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।