मङ्सिर ७ – एक यात्रुबाहक बस आज बिहान सिरहामा दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

काठमाडांँैबाट भद्रपुरका लागि आउँदैगरेको ना४ख ४५७२ नम्बरको यात्रुबाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयादेखि करिब ५ किमि पूर्व ढोडनामा आज बिहान करिब ५ बजे दुर्घटना हुँदा करिब १२ यात्रु घाइते भएका हुन् ।

तीव्र गतिमा आइरहेको बस अनियन्त्रित भएर सडकदेखि ३० मिटर तल खस्दा यात्रु घाइते भएका हुन् ।

यात्रुको मिर्चैयास्थित रेखा नर्सिङ होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

बस अनियन्त्रित भई सडक तल गुडेर झरेको हुँदा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । चालक सुरेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको अवस्था सामान्य रहेको नर्सिङ होमले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।