रियालिटी शोमा आधारित प्रख्यात भारतीय कार्यक्रम विग बोसमा पाहुनाका रुपमा विशवकै सबैभन्दा होची महिलाको आगमन हुने भएको छ ।

विवादका कारण फेसन स्टाइलिस इमाम सिद्दिकी विग बोसको घरबाट बाहिरिनु परेपछि अबको नयाँ पाहुना को आउने त भनेर पर्खाईमा बसेकाहरुले गिनिज बुकमा समेत विश्वको होची महिलाको रुपमा नाम लेख्न भ्याईसकेकी संसारकै सबैभन्दा होची महिला ज्योती आम्गेलाई देख्न पाउने भएका छन् ।

ज्योतीले अब नायक सलमान खानलाई भेट्ने छिन् । १८ बर्षिय उनी विग बोशको दोश्रो नयाँ घरमा आश्का गोराडिया र निरहुआ को साथमा बस्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।