मंसिर ६ – नेकपा माओवादीले आह्वान गरेको यही मंसिर १० गतेको बन्द फिर्ता लिएको छ ।

माओवादीले आज एक प्रेस विज्ञप्ति निकालेर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ७० बुँदे मागलाई अघि सारेर गत भाद्र २० मा घोषणा गरेको संघर्षका कार्यक्रम मध्ये मंसीर १० गते गर्ने भनिएको नेपाल बन्दको कार्यक्रम स्थगीत गरिएको जनाएको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालद्वारा जारी विज्ञप्तिमा १० गते बाहेक अन्य संघर्षका कार्यक्रम यथावत नै रहेको उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।