मंसिर ६ – १ सय ६६ जनाको ज्यान लिने गरी भारतको मुम्बईमा भएको आक्रमणका हत्यारा ठहरिएका पाकिस्तानी नागरिक अजमल कसाबलाई आज झुन्डाएर मारिएको छ ।

भारतीय अदालतद्धारा दोषी ठहर कसाबलाई बुधवार बिहान साढे ७ मा पुणेको यरवडा जेलमा झुन्ड्याएर फाँसी दिइएको हो ।

भारतका गृहमन्त्री सुशीलकुमार सिन्धेले फाँसी दिइएको कुरालाई पुष्टी गरेका छन् । कसाबको शब बुझ्नलाई गरिएको आग्रह पाकिस्तानले अस्विकार गरेको समेत सिन्धेले बताएका छन् । सन् २००८ नोभेम्बर २६ तारिखमा मुम्बईमा आतंककारी हमला भएको थियो ।

मुम्बई प्रहरीले उक्त घट्नामा संलग्न एकजना कसाबलाई मात्रै जिवित पक्राउ गर्न सफल भएको थियो । उनी ४ वर्षदेखि कैद जीवन विताउँदै आएका थिए ।

आक्रमणका क्रममा अन्य ९ जना आक्रमणकारी समेत मारिएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।