अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस मिसन एक्सपिडिसन ३३ की कमान्डर रहेकी ४६ वर्षीया सुनीता विलियम्स चार महिना अन्तरिक्षमा बिताएर सुरक्षित फर्किएकी छन् ।


दुई सहकर्मीसँगका साथ १५ जुलाई अन्तरिक्षमा पुगेकी भारतीय मुलुकी अमेरिकी ४६ वर्षीया सुनीता विलियम्स सुरक्षित धर्तीमा फर्केकी हुन् ।
उनी अन्तरिक्षमा सबभन्दा बढी समय बिताउने महिला हुन् । विलियम्सले अहिलेसम्म अन्तरिक्षमा ३ सय २२ दिन बिताएको रेकर्ड बनाइसकेकी छन् ।

tउनले यसअघि सन् २००६ मा अन्तरिक्षमा १ सय ९५ दिन बिताएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।