मङ्सिर ५ – सुनसरी जिल्लाको प्रकाशपुर गाविस– ९ धरहरा टपनस्थित सप्तकोसी नदी किनारमा छठ पूजाको रमाइलो हेर्न गएका सोही गाविस– ५ का १४ वर्षीय आनन्द राईको छुरा प्रहार गरी हत्या गरिएको छ ।

प्रकाशपुर– ७ का सङ्गम सुवेदीले राईलाई छुरा प्रहार गरेको र उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्ने क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ ।

युवाबीचको पुरानो रिसइबीका कारण सुवेदीले राईलाई छुरा प्रहार गरेको जानकारी दिँदै प्रहरीले अभियुक्त सुवेदीको खोजतलास भइरहेको बताइएको छ ।

दुवै युवाको कोसी नदीको किनारमा छठ पूजाको रमाइलो हेर्न गएका बेला जम्काभेट भएको थियो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।