कात्तिक ३० – बाँके टिटिहिरिया–५ की गीता चौधरीले तीन छोराछोरीसहित आफूले पनि विष सेवन गरेकी छिन् ।

लोग्नेसँगको विवादपछि उनले दुई छोरी र एक छोरालाई विष खुवाएर आफूले पनि खाएको प्रहरीले बताएको छ ।

विष सेवनबाट गीताको अवस्था गम्भीर रहेको छ भने आठ वर्षीया छोरी एलिसा, ६ वर्षीया स्नेहा र चार वर्षीय छोरा राहुल चौधरीको अवस्था सामान्य रहेको छ ।

उनीहरू सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।