भाइटीमामा पर्खि रहन्छिन्
माइतीको माया संगाली
परदेशबाट माइती नफर्के
यता चेली रोइरहन्छिन्

यो माथिका पंक्तिहरु गायक एपी शेर्पाद्वारा तिहारको अवसरमा संगीतबद्ध रुपमा गाइएको गीत हो ।

उनै गायकले भाइटीकालाई लक्षित गर्दै ‘भाइटीका’ शीर्षकको गीत गत साता रेकर्ड गराएका थिए । त्यसो त म्युजिक भिडियो समेत बनाउन भ्याएका उनका उक्त गीत आज भोलि विभिन्न टेलिभिजन च्यालनहरुमा समेत घन्कीरहेको पाउन सक्छौँ ।

फुर्वा शेर्पाको निर्देशन, सागर प्रधानको छायांकन, सुदिप थापाको सम्पादनमा तयार भएको भिडियोमा नमित चन्द ठकुरी र अर्पण सुब्बाको अभिनय रहेको छ ।

राइमन राईको शब्द÷संगीत रहेको गीतमा परदेश गएको माइती र चेलीको भाइटीकासँगको महत्वको बारेमा दर्साइएको छ ।

तिहारपछि बजारमा आउने गायक एपी शेर्पाको एल्बम ‘खबर’ मा संग्रहीत उक्त गीतले दर्शक÷स्रोताहरुको राम्रो माया पाउने आशा गायक एपी शेर्पाले गरेका छन् ।

गायक एपी शेर्पाको तेस्रो एल्बमको रुपमा आउन लागेको ‘खबर’ को शीर्ष गीतको भिडियो यसअघि सार्वजनिक भइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।