कात्तिक २८ – महोत्तरीको अनकार गाविस-९ बखरीमा आज राति छोराले आफ्नै बाबुलाई गोली हानी हत्या गर्ने प्रयास गरेका छन् ।

जिल्लाको कोल्हुवा बगेया-६ बस्ने वर्ष ६० का रामजिनिस राउतलाई आफ्नै छोरा विमलेन्द्रकुमार शर्माले बखरीस्थित नातेदारको घर बसिरहेका बेला घरायसी विवादका कारण गोली हानेका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्काले रामजिनिस राउतको देब्रे पाखुरामा गोली लागेको बताउँदै उनको उपचार जिल्ला अस्पतालमा भइरहेको बताए।

गोली हान्ने छोरा भने हाल फरार छन्। रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।