कात्तिक २७ – चीनले नेपालका साढे ७ हजार वस्तुलाई भन्सार रहित सुविधा दिने भएको छ । उक्त समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो ।


समझदारी पत्रमा नेपालका तर्फवाट वाणिज्य सचिव लालमणि जोशी र चीनका तर्फवाट नेपालका लागी चिनिया राजदुत याङ हउलानले हस्ताक्षर गरेका छन् । यद्यपी भन्सार रहित सुविधा भने समझदारी अर्को वर्षवाट मात्रै लागु हुने जनाइएको छ ।

चीनले साढे ७ हजार वस्तुलाई भन्सार रहित सुविधा दिने प्रस्ताव गरेपछि नेपालले निकासीजन्य वस्तुको सुची तयार पारेको थियो ।

लामो समयदेखी चीनसंग ठुलो व्यापार घाटा व्होरिररहेको नेपाललाई यो समझदारीले निकै सहुलियत दिने अपेक्षा गरिएको छ । नेपालवाट चाउचाउ,सिमेन्ट,छड,हस्तकला,चाँदीका गहना आदी चिन तर्फ निकासी हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।